पोखरामा रिल्याक्स हुन्छ : केकी अधिकारी

Spread the love

पोखरा कति पटक आउनुभयो ?

पोखरा जति धेरै त अन्त कतै गएकी छैन । काठमाडौंमा त घरै भैहाल्यो, त्यसबाहेक धेरै गएको भनेकै पोखरा हो ।

पोखरा आउन कस्तो बहाना चाहिन्छ ?

पोखरा यस्तो ठाउँ हो, जहाँ दुई दिन मात्र भ्याकेसन पाइयो भने पनि हिँडिहाल्ने मन लाग्छ । सुटिङ, प्रमोसन तथा कामका लागि त भैहाल्यो, कामबाहेक पनि कुनै डेस्टिनेसन स्पोर्ट, जहाँ अति रिल्याक्स गर्न ब्युटिफुल इन्भारामेन्ट चाहियो भने पोखरा नै हुन्छ फस्ट मेमोरीमा ।

पोखरा आउँदा अन द रोड आउनुहुन्छ कि, फ्लाइटमा ?

दुईवटै हुन्छ, प्राय:जसो साथीहरूसँग आउँदा सडकबाटै आउन मज्जा लाग्छ । कामका लागि आउँदा फ्लाइटबाट आउँछु, तर फ्लाइटभन्दा रमाइलो सडकमै हुन्छ ।

काठमाडौंबाट पोखरासम्म आउँदाको स्मरण सुनाउनुहोस् न ? 

हामीले लव सासा भन्ने चलचित्र गरेका थियौं, त्यसमा काठमाडौंदेखि पोखरासम्मको बाटोको जर्नी देखाइएको थियो । उक्त चलचित्र छायांकन गर्दा रमाइलो घटना भएको थियो । हामी ठाउँ–ठाउँमा रोकियांै, सुटिङ गर्‍यांै, अनि धेरै ठाउँका बारेमा जानकारी पनि पायौं । मैले निर्वाह गरेको क्यारेक्टर पनि त्यस्तै थियो, काठमाडौंदेखि पोखरासम्म आउने हरेक खोलाको पुलको नाम टिप्ने बानी हुन्छ–उसको । बाटोमा यति धेरै खोला अनि इन्ट्रेस्टिङ नाम भएका पुलहरू आउँदा रहेछन् मलाई थाहै थिएन । त्यो कुरा सम्झदा अझै रमाइलो लाग्छ ।


Spread the love