पसल चोरी गर्ने समूह पक्राउ

Spread the love

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ आगिन्चोकका भीमसेन भण्डारीको खनियाँबास गाउँपालिका वडा नं ४ किङताङफेदीमा रहेको पसलमा चोरी गरी भागेको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी गर्ने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका १ बस्ने वर्ष २२ को केवल थापा मगर, सोही ठाउँका वर्ष १८ को मिलन राना मगर र मनीष थापा मगर र बर्दिया जिल्ला घर भई हाल नेत्रावती डबजोङ १ बस्ने वर्ष २२ को राजकुमार चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी थुनामा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

भण्डारीको कस्मेटिक पसलबाट साउन २२ गते नगद १० हजार, एनटीसीको रिचार्ज कार्ड ५० दरको ३० वटा, क्याप ६ पिस, रूमाल १० वटा, हापपेन्ट ३ पिस, टिसर्ट छ पिस, हेन्डिप्लास्ट टेपको एक डिब्बा, ३५० दरको डिसहोम रिचार्ज कार्ड आठवटा, एनसेलको १०० को रिचार्ज कार्ड १५ वटालगायतका सामानहरु चोरी भएको भनी प्रहरीमा जानकारी आएको छ ।

पक्राउ परेका व्यक्तिहरु सो चोरीमा संलग्न भएको भन्ने प्रमाण भेटिएकाले थुनामा राखी अनुसन्धान गरिरहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।


Spread the love