नोराको जादु

Spread the love

भनिन्छ, भारतीय चलचित्रमा आइटम डान्सरको पनि निकै चर्चा हुन्छ । यस्तै आइटम डान्सबाट चर्चामा आएकी अभिनेत्री हुन्— नोरा फतेही । मोरोक्कन मूलकी क्यानेडियन नागरिक नोराले सन् २०१६ मा रकी ह्यान्डसम नामक चलचित्रबाट बलिउडमा इन्ट्री गरेकी थिइन् । उक्त चलचित्रमा खासै नोटिस नगरिएकी नोराको भाग्य सन् २०१८ को स्त्री चलचित्रमा फिचर गरिएको कमरिया नामक आइटम डान्सबाट चम्केको हो ।

त्यसयता नोराले सत्यमेव जयतेको दिलवर दिलवर, बाटला हाउसको साकी साकी रे गीतमा गरिएको आइटम डान्सबाट पर्याप्त चर्चा बटुलिन् । यतिबेला उनी अपकमिङ चलचित्र मरजाँवामा फिचर गरिएको उनको आइटम डान्स एक तो कम जिन्दगीका कारण चर्चामा छिन् । इन्स्टाग्राममा ७८ लाखद्वारा पछ्याइएकी नोरा स्वयम्ले भने ६ सय ५९ जनालाई पछ्याएकी छिन् । 


Spread the love