नायिका केकी अधिकारी सहित कलाकारहरूको चढेको गाडी दु’र्घटना

Spread the love

०५ असोज ,रौतहट । नायिका केकी अधिकारी सहित अन्य कलाकारहरू चढेको स्कार्पियो दु’र्घटनामा परेको छ । गाडीमा सवार सबै जना सामान्य घा’इते भएका छन् । काठमाडौँ बाट सामाजिक गीतको लागि छायाङ्कन गर्न आएको गाडी दु’र्घटनाग्रस्त भएको हो। छायाङ्कनको लागि हिँडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटो बाट करिब ६ फिट तल खसेको हो । कटहरियामा उनीहरूलाई सामान्य उपचार गराएर रेस्टमा राखिएको छ ।

दुर्घ’टनामा परेर गाडीमा ठुलो क्षति भए पनि छायाङ्कनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरू सुरक्षित रहेको जनाइएको छ ।तीव्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान २ बजे दुर्घ’टनामा परेको थियो । गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना सिवाकोटी, फिल्म छायाकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज,चालक सुजन पोखरेल लगायत मध्ये केहीलाई सामान्य चोटपटक लागेको छ ।

गाडी गएरातिको समयमा दु’र्घटना भएको चलचित्र निर्देशक पुर्णेन्दु झाले फेसबूक मार्फत जानकारी दिएका छन् ।


Spread the love