द कपिल शर्मा सो’ मा ‘सोनीका सो’ लिएर पुगिन् सोनीका रोकाया…

Spread the love

काठमाडौँ । युट्युब बाट चर्चामा रहेकी कार्यक्रम प्रस्तोता सोनीका रोकाया भारतको चर्चित सो ‘द कपिल शर्मा सो’मा पुगेकी छिन् । लामो समय देखी रेडियो, टेलिभिजनमा हुँदै आएकी उनी अहिले आफ्नै युट्युब च्यानल सञ्चालन गर्दै आएकी छिन् । उनी हालै चर्चित भारतीय कलाकार कपिल शर्मा सँग भेट गरेकी छिन् । उनले ‘द सोनीका सो’को लागि अन्तरवार्ता पनि लिएको जानकारी दिइन् ।पछिल्लो समय सामाजिककामहरुमा पनि अग्रसर हुँदै आएकी रोकायाले अब राजनीतिक रूपमा पनि आफूलाई बलियो बनाउने सोच बनाएकी छिन् ।जानकारी अनुसार पूर्व राज परिवारसँग नजिक भएकी उनले कुन विचार धारको राजनीति गर्छिन् भन्ने कुरा अहिलेको खुलेको छैन ।  यो पनी पढ्नुहोसः अक्टोबर २ देखि खुल्दै डिभी लोटरी । डिभी फर्म भर्दा पासपोर्ट अनिवार्य चाहिने…
काठमाण्डौ । आउने अक्टोबर २ देखी डिभी लोटरी खुल्ने भएको छ । आगामी आर्थिकवर्षका लागि अमेरिकाको डिभीलोटरी आगामी अक्टोबर २ देखि खुल्ने भएको हो । अमेरिकी विदेशमन्त्रालयका अनुसार अक्टोबर २ तारिख न्यु योर्क समय अनुसार दिउँसो १२ बजेदेखि नोभेम्बर ५ दिउँसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ। डिभी कार्यक्रममा सहभागी हुनकालागि १२ वर्षको कोर्स सहित हाइ स्कुल वा सो सरहको पढाई पूरागरेको हुनुपर्छ ।

यदि पढाई को योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ वर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ वर्षमा २ वर्षको कामको अनुभव भएको हुनुपर्छ । यस पटक डिभी लोटरी भर्नका लागि बङ्गलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरू योग्य हुनेछैनन् ।

यस पटक डिभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको छ । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरू भर्नुपर्नेछ । पासपोर्ट पनि म्याद सहितको हुनुपर्नेछ । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परे पनि परिवारका अन्य सदस्यहरूको विवरण बुझाउँदा भने ती सदस्यहरूको पासपोर्ट नम्बर आवश्यक नपर्ने अमेरिकी सरकारले जनाएको छ ।कम्युनिस्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिस्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेश मन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिवार्य बुझाउनुपर्ने जनाइएको छ । डिभी लोटरी फर्म भर्दा अन्तिम अवधिसम्म नकुर्न अमेरिकी सरकारले सुझाव दिएको छ । अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डिभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ । यदि डिभी लोटरीका लागि छनौट भएमा र सबै योग्यता पूरा गरेमा सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा पाउन सकिनेछ ।

अमेरिकी सरकारले भनेको छ अद्यावधिक पासपोर्टले डिभीको प्रक्रियामा सुरक्षा थप गर्नुका साथै तपाईँको आवेदन संरक्षित गर्न मद्दत गर्छ । यो नियम बालबालिकाहरू र प्रारम्भिक आवेदकका दम्पत्तिका सन्दर्भमा लागु हुनेछैन । पासपोर्ट अन्तर्राष्ट्रिय यात्राका लागि वैध हुनुपर्छ । केही देशले जारी गरेका आन्तरिक पासपोर्टहरू डिभी आवेदन प्रयोजनका लागि योग्य हुनेछैनन् ।डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ यदि तपाईँले गलत पासपोर्ट नम्बरसहित डिभी लोटरीका लागि आवेदन दिएमा तपाईँ स्वतः अयोग्य हुनुहुनेछ भने तपाईँको डिभी आवेदन अस्वीकृत गरिनेछ । तपाईँले डिभी लोटरी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर तपाईँको इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्नका लागि सुझाव दिन्छौँ । फोटोकपी आफैमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभए पनि यसले तपाईँको अवस्थाको व्याख्या गर्न मद्दत गर्नेछ । अन्तिम निर्धारण कन्सुलर अफिसरले तपाईँको डिभी अन्तरवार्ताकै बखत गर्नेछन् ।

नयाँ नियम अनुसार डिभी लोटरी भर्न चाहनेहरूले कम्तीमा सन् २०२२ को अप्रिलसम्म म्याद रहेको पासपोर्ट प्रयोग गर्न कानुनविदहरुले सुझाव दिएका छन् । सन् २०२१ को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउन सकिने र भिसा लिने बेलामा पासपोर्टको म्याद कम्तीमा ८ महिना हुनुपर्ने भएकाले डिभी लोटरी भर्दा नै यदि सन् २०२२ को अप्रिलसम्म म्याद भएको पासपोर्ट छैन भने नयाँ पासपोर्ट बनाउन सुझाव दिइएको छ । डिभी लोटरी भर्दा प्रयोग भएको पासपोर्ट सन् २०२२ को अप्रिल अगाडि नै एक्सपायर भएमा भिसा पाउने बेलामा समस्या हुनसक्ने जनाइएको छ । स्रोतः खसोखास 


Spread the love