त्रिशुलीमा बस खस्यो, तीन जनाको मृत्यु, २३ बेपत्ता (अपडेट)

Spread the love

श्रावण २४, २०७६हरिहरसिंह राठौर

धादिङ — सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको बस धादिङको बेनिघाट रोराङ –३ सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । १४ जनाको उद्धार गरिएकाे छ । २३ अझै बेपत्ता छन् ।

ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान साढे ३ बजेतिर त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।
बसमा ४० जना यात्रुहरु रहेको प्रारम्भिक अध्ययनबाट पत्ता लागेको घटनास्थलमा उद्धार गर्न पुगेका पमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले बताए।

बस आधा पानीमै डुबेको छ। अप्ठ्यारो स्थानमा दुर्घटना भएकोले सुरक्षा निकाय र स्थानीयवासीहरुको सहयोगमा ३ जनाको शव निकालिएको छ । चालकसहित १२ जनाको जिवितै उद्धार गरिएको प्रजिअ पाण्डेले बताए। मृतकहरु मध्ये २ जनाको मात्रै सनाखत भएको छ। सर्लाहीका ३५ वर्षीय अजय दास र विजयकुमारको मात्रै शव पहिचान भएको प्रहरीले जनाएको छ।

उद्धार गरिएका घाइतेहरुलाई स्थानीय मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ।
बसमा सवार करिब २५ जनाको खोजीका लागि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिम परिचालन गरिएकाेछ।
उद्धार गरिएका सर्लाही हरिवनका बसचालक जीवन विककाे अवस्था गम्भीर छ । बसका कण्डकटर ऋषि उप्रेती रसहचालकप्रमाेद कुँवरकाे पनि उद्धार गरिएकाे छ । चालक विक बाेल्न सक्ने अवस्थामा छैनन् । उप्रेती र कुँवर बाेल्न सक्ने अवस्थामा भए पनि दुर्घटनाका कसरी भयाे थाहा नभएकाे बताउँछन् ।


Spread the love