ठमेलमा टाइप थ्री

Spread the love

– साप्ताहिक संवाददाता

ठमेलस्थित छायाँ कम्प्लेक्समा गायिका केन्जल मेहर श्रेष्ठ तथा उनको ब्यान्डले कन्सर्ट दिँदैछ । भोलि शुक्रबार केन्जल तथा उनको ब्यान्ड टाइप थ्रीले सांगीतिक दुनियाँमा आउन लागेको नयाँ ब्यान्ड (माया) को उद्घाटनका अवसरमा यो कन्सर्ट गर्न लागेको हो ।

उक्त कार्यक्रमलाई डिजे पुनित, याफु तथा अशोकले थप मनोरञ्जक बनाउनेछन् । प्ले ब्वाइ लाउन्ज एन्ड क्लबले प्रायोजन गरेको यो कार्यक्रममा प्रवेश गर्न १ हजार रुपैयाँ तिर्नुपर्नेछ । साँझ ७ बजे प्रारम्भ हुने यो सांगीतिक कार्यक्रम मध्यरातसम्म चल्ने बताइएको छ । 


Spread the love