छोराले मोटी भनेपछि

Spread the love

मोटोलाई मोटे/मोटी, होचोलाई पुड्का/पुड्की, कालोलाई काले/काली भन्दा जसको पनि मनमा चसक्क हुन्छ । उत्तरी डाकोटामा बस्ने ३५ वर्षीया साउना हार्सम्यानलाई पनि आफ्नै ३ वर्षको छोराले मोटी भनेपछि त्यो कुरा उनको मनमा गड्यो । पहिलो सन्तान जन्माउने क्रममा साउनाले खासै मुख बारिनन्, जे मनलाग्यो त्यही खाइन् ।

पहिलो छोरा तीन वर्षको भएपछि दोस्रो सन्तान जन्माउने क्रममा उनी अझ मोटाइन् । उनको त्यतिबेलाको तौल १ सय ३३ किलोग्राम थियो । अरुले मोटाएको भन्दा खासै वास्ता नगर्ने साउना आफ्नो तीन वर्षको छोराले मोटी भनेपछि भने आफ्नो तौल घटाउने निर्णयमा पुगिन् । त्यसपछि नियमित रुपमा कसरत र तौल घटाउने औषधिको सेवनबाट उनले केही वर्षमै आफूलाई ६२ किलो तौल घटाएर ७१ किलोकी बनाएकी छिन् । 


Spread the love