को सेलिब्रेटी- पूर्वराजा ज्ञानेन्द्र कि केकी-रिमा ?

Spread the love

सेलेब्रेटीसँग फोटो खिचाइन्छ, अटो लिइन्छ- यो आमचलन हो । तर, कहिलेकाँही फोटोमा को सेलिब्रेटी ? को फ्यान छुट्याउन गाह्रो हुन्छ ।  यस्तै गाह्रो बनाइदिएको छ एउटा तस्बिरले । तस्बिरमा पूर्वराजा ज्ञानेन्द्र र नेपाली चलचित्रका दुई सेलिब्रेटी केकी अधिकारी र रिमा विश्वकर्मा ठाँटिएर पोज दिएका छन् । 

पूर्वराजा ज्ञानेन्द्र लर्ड अफ ड्रिक्समा रातो र चन्द्र र सूर्य जंगी निशान हाम्रो भन्दै छमछमी नाँचे । कसैले मानोस् या नमानोस् उनी पर्सनालिटी हुन् त्यसैले समाचार बनेका हुन् । तर, यस्तो समाचारलाई जतिसुकै तन्काएर मूलधारमा ल्याउन चाहे पनि त्यो त्यस्तो हुने हैन, पेज थ्री जर्नालिजेमकै वरिपरि घुम्ने हो।

यो प्रसंग थियो, यही प्रसंगसँगै पुच्छ्रे प्रसंगमा नेपाली चलचित्रका दुई सेलिब्रेटी केकी अधिकारी र रिमा विश्वकर्मा जोडिएर आएका छन्। बेलाबेलामा ब्यायफ्रेण्ड भएजस्तो गर्ने र बेलाबेलामा ब्याचलर घोषणा गर्ने यी दुई सेलिब्रेटी पार्टी गर्लका रूपमा पनि ‘नामी’ छन्। अलि पढेका र आो्नो पक्षमा चर्चा चलाउन जान्ने यिनीहरू केही न केही गरेर भए पनि पेज थ्रीमा अटाइरहेकै हुन्छन् ।

बेलाबेलामा ब्यायफ्रेण्ड भएजस्तो गर्ने र बेलाबेलामा ब्याचलर घोषणा गर्ने केकी र रिमा पार्टी गर्लका रूपमा पनि ‘नामी’ छन्। अलि पढेका र आो्नो पक्षमा चर्चा चलाउन जान्ने यिनीहरू केही न केही गरेर भए पनि पेज थ्रीमा अटाइरहेकै हुन्छन् ।

त्यही चरित्रअनुसार नै यसपटक उनीहरू पूर्वराजा ज्ञानेन्द्र पुगेकै बेला लर्ड अफ ड्रिक्स पुगे/पुर्याइए । रमझम गरे। र, अन्तिममा पोज दिएर पूर्वराजा ज्ञानेन्द्रसँगै फोटो फ्रेम पनि सेयर गरे। 

त्यसपछि गसिप त बन्ने नै भयो । मानिसहरूले आआफ्नो सोच र कोणअनुसार कसैले उनीहरूका लागि ताली बजाए, कसैले गाली गरे। सार्वजनिक व्यक्तित्व हुँ भनेपछि मानिसहरूले सार्वजनिक रूपमै क्रिया/ प्रतिक्रिया दिन्छन् । यसबारेमा उनीहरू भलिभाती जानकार पनि छन् । 

यसैबीच यो फोटो हेरेर धेरैले प्रश्न पनि गरेका छन् – को सेलिब्रेटी- पूर्वराजा ज्ञानेन्द्र कि केकी-रिमा ? राजावादी भन्छन्- पूर्वराजा ज्ञानेन्द्र । उनीहरू चर्चा कमाउन त्यहाँ पोज दिन पुगे । यिनीहरूलाई थाहा छ के गर्दा चर्चा हुन्छ ?

केकी र रिमाका फ्यानले गुनासो गरे, ‘राजासँग फोटो खिचेर राजाविरोधी फ्यानको ग्राफ घटाए।’ बाँकिका लागि यो एक पानीफोके घटना थियो, आयाराम गयाराम नै भयो । 


Spread the love