असफलता जीवनको अन्त्य कदापी होईन

Spread the love

मेल्बोर्न – कुनै काम पनि हामीले गर्न चाहेअनुरुप पूरा भएन हामीलाई समस्या पर्न सक्छ । वा भनौँ, असफलताले हामीलाई निकै निराश बनाउँछ । 

 तर, ऋषभ लवानिया एक अपवाद हुन् । उनले असफलतालाई आफ्नो निर्णायक तरंग बनाएनन् । 

त्यसैले आज उनी सफल व्यवसायी भएका छन् । उनको स्टार्टअपले नै धेरै अफ्रिकीवासीलाई नयाँ उद्यम गर्न सफल बनाएको छ । 

ऋषभ लवानिया एक सामान्य परिवारमा दिल्लीमा जन्मिएका थिए । उनी त्यहाँ नै हुर्किए, पढे । उनले आफ्नो पहिलो काम त्यति बेला सुरु गरे जब उनी १२ कक्षामा पढ्थे । त्यति बेला उनी १७ वर्षका थिए । उनको परिवार चाहिँ उनी पनि बाबुजस्तै इन्जिनियर होउन् भन्ने चाहन्थे । तर, ऋषभले परिवारको कुरा सुनेनन् । उनी त स्टिभ जब्स, बिल गेट्सजस्तो हुन चाहन्थे । 

त्यसैले उनले पढाइमा भन्दा पनि आफ्नो बिजनेसमा ध्यान दिन थाले । त्यसैले उनी १२ कक्षा फेल भए । तर, उनी निराश भएनन् । हो, निराश त भए त हिम्मत हार्ने गरि निराश भएनन् । बरु उनले सबैलाई भने कि आफू एक वर्ष अब छुट्टीमा बस्नेछन् । 

त्यही एक वर्षमा उनले आफ्नो स्टार्टअपलाई माथि पुर्याए । ‘मैले हिम्मत हारेको थिइनँ, त्यहीबीचमा मैले मेरोजस्तै मन भएका साथी पनि पाएँ,’ उनले भनेका छन्, ‘दोस्रो पटक परीक्षा दिँदा त मैले १२ कक्षा पनि पास गरेँ ।’ अब त उनको स्टार्टअपले निकै राम्रो गरिरहेको छ । उनले नयाँ मिडिया प्लेटफर्म विट्रेकर पनि सुरु गरेका छन् । यो विट्रेकरले भारत, नेदरल्यान्ड्स तथा अफ्रिकामा मानिसहरुलाई आफ्नो व्यवसाय गराउन सफल भइरहेको छ । 

त्यसैले असफलता एउटा अन्त्य होइन, बरु अर्को ढोका हो । हामीले पनि ऋषभको जस्तै नयाँ केही गरिरहनेबारे सोच्नुपर्छ, असफलताबाट हामी भागेर टाढा जानु हुँदैन ।

एजेन्सी


Spread the love