अष्ट्रेलिया पठाई’दिन्छु भन्दै ठ’ग्ने ‘पत्रकार’लाई डे’ढ वर्ष जे’ल

Spread the love

काठमान्डू : अर्घाखाँची जिल्लाको साबिक बागी ८ मा घर भइ अहिले काठमान्डौ मा बस्दै आइरहेकी बसन्ता आचार्य ले अस्ट्रेलिया पठाई’दिन्छु भन्दै ६ लाख ठ’गि गरे’पछि उनलाई वैदेशिक रोजगार न्याय’धिकरणकाे फैसलाले डे’ढ वर्ष जे’ल चलान भएकी हुन् !

गत असार देखि फरार उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको केएल टावरबाट पक्राउ गरेको थियाे ।आचार्यले २०६९ कार्तिक १० गते रु ६ लाख लिएर अष्ट्रेलिया नपठाएपछि गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका हरी थापाले उनी बिरूद्ध २०७२ सालमा बैदेशिक रोजगार न्यायधिकरणमा मुद्दा दायर गरेका थिए ।

न्यायधिकरणले गत असार १८ मा आचार्यले ठगी गरेकोले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।आचार्यले बैदेशिक रोजगार ऐन २०६४ दफा १० र ४३ बमोजिम कसुर गरेकोले विगो ६ लाख र विगोको ५० प्रतिशत हर्जना ३ लाख गरी रु ९ लाख वादीलाई भर्नुपर्ने समेत न्यायधिकरणको फैसलामा उल्लेख छ ।

न्यायधिकरणको फैसलापछि फरार रहेकी उनलाई पक्राउ गरेर कारागार पठाएकाे सीआईबीले जनाएकाे छ ।आचार्यबिरूद्द आफूले मात्र मुद्दा दायर गरेपनि उनले धेरैलाई ठगी गरेकाे थापाकाे भनाइ छ ।उनले यूट्युव च्यानलमा कार्यक्रम चलाउने र टेलिभिजन पत्रकार भन्दै ठगी गर्ने गरेकाे समेत पीडितले बताएका छन् ।उनलाइ एक युट्युव च्यानलकै कार्यालयबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।


Spread the love