अभिनेत्री अदिति बुढाथोकी भारतीय र्‍यापर अलिम सँगको प्रेममा । सार्वजनिक गरिन् तस्बिर ।

Spread the love

काठमाडौँ । अभिनेत्री अदिति बुढाथोकी भारतीय र्‍यापर अलिम सँग रमाउँदै  तस्विर सार्वजनिक गरेकी छिन् । चलचित्र कृ बाट नेपाली चलचित्र जगत्मा पाइला चालेकी नायिका अदिति बुढाथोकीले आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । उनले इन्ष्टाग्राममा आफ्नो प्रेमीसँगको फोटो अपलोड गर्दै गुड टाइम्स लेखेकी छिन् । उनका प्रेमी बलिउडका चर्चित र्‍यापर हुन् । अलिम मोरानी नाम गरेका र्‍यापरको पहिलो र्‍यापलाई दर्शकले निकै नै रुचाएका थिए ।

लामो समयदेखि मुम्बईमा बस्दै आएकी नायिका अदिती बलिउडमा प्रवेश गर्ने तरखरमा छिन् । उनले केही हिन्दि म्यूजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । तस्विरमा प्रेमीसँग अदिती रोमान्टिक मुडमा देखिएकी छन् । इन्स्टाग्राममा आफ्नो बोल्ड तस्विर राखेर चर्चामा आउने गरेकी उनले पहिलो पटक प्रेमीसँगको तस्विर साझेदार गरेपछि बधाईको ओहिरो लागेको छ । धेरैले दुईको जोडी सुहाएको प्रतिक्रिया जनाएका छन् । Post Views: 95


Spread the love